रौतहट ।। रौतहट जिल्लामा निर्वाचन अचार सहिंताको व्यापक उलंघन भै रहेको देखिएको छ ।
निर्वाचनमा आफ्नो पक्षमा मतदाताहरुलाई ल्याउने उदेश्यले राजदेवी नगरपालिकाका पुर्व मेयर धिरेन्द्र कुमार सिंह ले वडा नम्बर २ हजमिनियामा हैंड पाइप जडान गरि रहदा निर्वाचार अचार सहिंता अनुगमन समितिले कुनै कार्यवाही नगरी मौन बसेका छन् ।
सदरमुकाम गौरमा मुख्य तथा सहायक सडकहरुमा लगाइएको झण्डा , पोस्टर , बैनर सुरक्षाकर्मीहरुले हटाए पनि रौतहटको कटहरियामा सवै पार्टीको व्यापक झण्डा बाटो भरि झुण्डिएको देखिएको छ ।
नेकपा एमाले , नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , जनमत पार्टीको चुनाव चिन्ह अंकित झन्डा बाटो भरि रखिएको भएपनि नेपाल प्रहरीले हटाउन सकेको छैन ।
निर्वाचन आचारसहिंताले चुनाव चिन्ह अंकित टि शर्ट , गम्छा , टोपी ,व्याच ,प्रयोग गर्न नपाइने भने पनि रौतहटमा राजनीतिक दलका उम्मेदवारहरुले व्यापक रुपमा त्यसको प्रयोग गरि रहेको देखिएको छ ।
चुनाव नजिकदै जादा उम्मेदवारहरुले मतदाताहरुलाई भोज भतेर गर्न शुरु समेत गरि सकेको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासलाइ सम्पर्क गर्दा जुन स्थानीय तहमा अचार सहिंता उलंघनको घटना भैरहेको छ त्यसको बारेमा स्थानीय निर्वाचन अधिकृतलाइ जानकारी गराउन जवाव दिएका छन् ।
Home प्रदेश समाचार मधेश प्रदेश अचार सहिंताको धज्जि उडाउदै रौतहटका उम्मेदवारहरु, नियमन गर्ने निकाय मौन
अचार सहिंताको धज्जि उडाउदै रौतहटका उम्मेदवारहरु, नियमन गर्ने निकाय मौन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












