काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ५० पीसीआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  १ हजार ३ वटा एन्टिजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।  त्यस्तै, १७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ४७ जना निको भएका छन् । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here