काठमाडाैं ।। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको सूची सार्वजनिक गरेको छ । आयोगले आफ्नो वेबसाइटमार्फत १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको र अहिले सार्वजनिक भएको सूचीमा पनि थपघट हुन सक्ने आयोगले आयोगले जनाएको छ । आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा हिजो बेलुकी ६ बजेसम्मको सूची सार्वजनिक गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।





