एजेन्सी ।। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । हिजो भएको निर्वाचनमा म्याक्रोले ५८ दशमलव ५५ प्रतिशत मत प्राप्त गर्नुभएको हो । म्याक्रोले आफ्नो निकटतम प्रतिद्वन्द्वी मरिन ले पेनलाई पराजित गर्दै जित हात पार्नुभएको हो । मरिनले ४१ दशमलव ५८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । फ्रान्सको राष्ट्रपतिका लागि भएको निर्वाचनमा यस पटक ७२ प्रतिशत मत खसेको छ । जुन १९६९ पछिको हालसम्मकै कम मत हो । म्याक्रो राष्ट्रपतिमा निर्वाचित भएपछि युरोपिय मुलुकहरूले बधाई दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here