काठमाडाैं ।। आज वैशाख १२ गते, अर्थात् गोरखा भूकम्पको सात वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गतेका दिन मध्याह्न ११ ः ५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब १ हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो । पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले दुई वर्षभित्र पुनर्निर्माणको सम्पूर्ण काम सक्नेगरी काम भैरहेको बताउनुभयो । गतवर्ष नै उद्घाटन भएको धरहराको पूनर्निमाण अझै २७ प्रतिशत बाँकी छ । सिंहदरवार, केशर महल, बालमन्दिर लगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको छ भने हनुमान ढोका दरवार क्षेत्र पूनर्निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको विभागको दाबी छ । आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने गृहमन्त्रालयले जनाएको छ ।
गोरखा भूकम्पको सात वर्ष पूरा, पुनर्निर्माणका काम अझै अधुरै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।