काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ कार्यालयको उद्घाटन गरेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।
शुक्रबार दिउँसो तुल्सीलाल स्मृति प्रतिष्ठान केन्द्रमा राखिएको प्रतिमाको पर्दा हटार अध्यक्ष ओलीले पार्टी कार्यालयको शुभारम्भ गरेका हुन् ।
ओलीले शुभारम्भ गरेसँग एमालेको पार्टी कार्यालय थापाथलीबाट च्यासल सरेको छ । बल्खुमा नयाँ भवन नबन्दासम्म च्यासलबाटै एमालेले कामकारबाही सञ्चालन गर्ने छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।