सांकेतिक तस्विर

काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् ।
बिहीवार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका हुन्। उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताए ।
मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उनले बताए । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे ।
उनले भने– ‘हामी बहुमत ल्याउन सक्छौँ । अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ । तर हामीले परिणाम राम्रो ल्याएको थियौँ । तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन । यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छ । एमालेलाई मात्रै, अरुलाई स्वागत गर्दैन ।’
उनले अहिले मधेशमा एमालेको लहर आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here