काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४६९१ नमूनाको परीक्षण गर्दा १० नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा थप ३४ जना कोरोनामुक्त भएका छन्। योसहित निको हुनेको संख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ। हाल कोरोना सक्रिय संक्रमितको संख्या ३५० रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा १९ हजार ५२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।





