काठमाडाैं ।। स्थानीय तहको निर्वाचनका लागि दलहरूले आफ्नो प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकता दिएका छन् । आफ्ना सबल पक्षका बारेमा जानकारी समेटिएका सामग्री बनाएर सामाजिक सञ्जालमा राख्ने प्रतिस्पर्धामा दलहरू छन् । अप्रत्यक्ष रूपमा प्रचारप्रसारमा सहयोग पुगोस भनेर सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरिएको काँग्रेसले जनाएको छ । नेकपा एमालेले पनि सबै सामाजिक सञ्जालको प्रयोग गर्ने नीति लिएको छ । नेकपा माओवादी केन्द्र लगायतका अरु दलले पनि सामाजिक सञ्जालमार्फत प्रचारका लागि व्यवस्था मिलाएका छन् । निर्वाचन आयोगले भने सामाजिक सञ्जालको प्रयोग गर्दा आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ । आयोगले जारी गरेको आचारसंहिता अनुसार सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्नगराउन पाइँदैन । निर्वाचनमा प्रभाव पार्ने उदेश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट चलाउन नपाइने, होच्याउने, अपमान गर्ने, भ्रामक टिकाटिप्पणी गर्न गराउन नपाइने, कुनै प्रयोजनका लागि प्रकाशसन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उदेश्यले तोडमोड गरी सामाजिक सञ्लमा शेयर वा कमेन्ट गर्न नपाउने पनि आचारसंहितामा उल्लेख छ । सामाजिक सञ्जालको प्रयोगको अनुगमन गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नपाइने पनि आचारसंहितामा छ ।
Home मुख्य समाचार सामाजिक सञ्जालको प्रयोग गर्दा आचारसंहिताको पूर्ण पालना गर्न निर्वाचन आयोगकाे अनुरोध
सामाजिक सञ्जालको प्रयोग गर्दा आचारसंहिताको पूर्ण पालना गर्न निर्वाचन आयोगकाे अनुरोध
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।