काठमाडाैं ।। आज देशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभावले विशेषगरी प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने छ । यस्तै राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ । प्रदेश १ को पहाडी भूभागको एकदुई स्थानहरूमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि भने देशको पहाडी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज देशका थोरै ठाउँमा पानी पर्ने सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।