रौतहट ।। मुलुक संघियतामा परिणत भएपछी हुन् गइरहेको दोस्रो पटकको स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलहरु तिब्र तयारीमा जुटेका छन् ।
नया संविधान जारी भए पछी राज्य पुनर्संरचना हुदा रौतहटमा कायम भएको सवै भन्दा बढी १६ नगरपालिका र २ गाउपालिका गरि १८ पालिकामा पहिलो पटक भएको निर्वाचनमा पालिका प्रमुखमा एक जना महिला निर्वाचित मात्र भएको थियो भने आउदो बैशाख ३० गते हुने निर्वाचनको लागि महिला नगर प्रमुखको उम्मेदवार बढी देखिएका छन् ।
नगर उप प्रमुखमा निर्वाचित भएकी गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर र राजदेवी नगरपालिका का उपप्रमुख अंशु सिंह प्रमुख पदको प्रत्यासीको रुपमा अघि बढेकी छिन । मौलापुर नगरपालिकाका प्रमुख रिना साह पनि दोस्रो निर्वाचनमा फरक पार्टी नेकपा एमालेबाट सोही पदमा उम्मेदवार बन्ने भएकी छिन ।
सामाजिक कार्यबाट राजनीतिक क्षेत्रमा आउनु भएकी अन्जु झा इशनाथ नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् । पहिलो पटक निर्वाचनमा डेबू गरेकी झा निर्वाचनको तयारीमा तनमनले जुटेकी हुन् ।
शिक्षित ,जुझारु एवं लगनशील तथा शुशिल स्वभाव भएकी झा को पक्षमा इशनाथ नगरपालिकाका महिलाहरु समर्थनमा देखिएका छन् । नगर पालिकाका ९ बटै वडामा घर घर जाउ कांग्रेस जिताउ अभियान अन्तर्गत भेटघाट गर्ने कार्यलाइ तिब्रता दिएकि झाले भने महिला र पुरुषहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउने गरेको दावी गरेकी छिन ।
राष्ट्रिय जनता पार्टी नेपालबाट २०७४ को स्थानीय तहको निर्वाचनमा ३१५९ मत प्राप्त गर्दै निर्वाचित भएकी उपप्रमुख किरण ठाकुर आउदो निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट नगर प्रमुखको तयारीमा दिनरात खटी रहेकी छिन ।
मेयरमा निर्वाचित हुने दावी गर्दै आएकी ठाकुरले जसपा जिताउ अभियान सफल बनाउने तर्फमा लागि परेका छन् । उहाले जनता समाजवादी पार्टी नेपालका उम्मेदवार गौर नगरपालिकामा निर्वाचित हुने ठोकुवा समेत गरेका छन् ।
राजदेवी नगरपालिकाका नगर उपप्रमुखमा संघीय समाजवादी पार्टी नेपालको तर्फबाट ३८५७ मत ल्याएर विजयी भएकी अंशु सिंहले यसपालिको निर्वाचनमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले को तर्फबाट नगर प्रमुख पदमा चुनाव लड्ने तयारी भएकी हुन् ।
राजदेवी नगरपालिका र गौर नगरपालिकामा सांगठनिक हिसावले नेकपा एमाले कमजोर देखिए पनि पार्टीका उम्मेदवारको हौशला भने बुलन्द देखिएको छ ।
राजदेवी नगरपालिकामा २७८० मतले निर्वाचित भएको नेपाली कांग्रेसका मेयर धिरेन्द्र कुमार सिंह , २६०३ मत ल्याएर पराजित भएका नेकपा एसका तर्फबाट मेयर प्रत्यासी भिखारी राय यादव र २२७९ मत प्राप्त गर्न सफल भएका तत्कालिन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीका मेयर प्रत्यासी रामेश्वर प्रसाद यादव विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
गौर नगरपालिकामा ५२२३ मत ल्याएर विजयी भएका नगरप्रमुख अजय कुमार गुप्ता लोकतान्त्रिक समाजवादी पार्टीबाट दोस्रो पटक चुनावी मैदानमा उत्रिने भएकोले लोसपा र नेकपा एमालेबाट नगर प्रमुख पदमा पराजित भएका शम्भु साह नेकपा एसबाट पुनः नगर प्रमुखमा उम्मेदवार हुने छन् ।
पहिलो पटक चुनावी दौरमा आएका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार मोहन यादव पनि प्रतिस्पर्धात्मक अवस्थामा रहेका हुन् ।
गौर नगरपालिका जिल्लाको पुरानो र सदरमुकाम भएको नगरपालिका रहेकोले राजनीतिक दलका सवै भन्दा बढी चासोको विषय रहेको छ । गौरमा जनता समाजवादी पार्टी , नेपाली कांग्रेस , नेकपा एस र लोसपाका उम्मेदवार विच प्रतिस्पर्धा हुने अनुमान स्थानीयहरुको रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here