काठमाडाैं ।। स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगले तयारी तीब्र पारेका छन् । सरकारमा रहेका ५ दलले तालमेल गरेर जाने गठबन्धनको निर्णयअनुसार प्रचारप्रसारलाई निरन्तर र आाक्रामक बनाएका छन् भने नेकपा एमालेले पनि तल्लो तहसम्मको छलफलमा जोड दिएको छ । सरकारमा रहेका र नरहेका सबै दल चुनावी घोषणापत्र निर्माणका लागि पनि आन्तरिक छलफलमा छन् । चुनावी तालमेलको बारेमा काँग्रेसका जिल्ला नेतृत्वहरूमा भने असन्तुष्टि देखिएको छ । चितवनको भरतपुरको नेतृत्वका लागि अडान नछोड्ने निर्णय जिल्लास्तरमा हिजो भएको छ । गठबन्धनमा कसले, कति पालिका पाउने र यसको प्रक्रिया के हुने ? भन्ने बारेमा छलफल भइरहेको एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । नेकपा एमालेभित्र पनि दलहरूसँग तालमेल गर्ने बारेमा कुराकानी भइरहेको नेताहरूले बताएका छन् । नेता भीम रावलले एजेण्डा नमिल्ने पार्टीसँग चुनावी तालमेल गरेर मत घटाउन नहुने बताउनुभयो । आगामी बैशाख ३० गते ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुँदै छ । जसका लागि निर्वाचन आयोग मतपत्र छपाइदेखि मतदाता शिक्षा लगाएतका काममा केन्द्रीत बनेको छ । जनकशिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी भक्तपुरमा नेपाली सेनाको सुरक्षा घेराका बिच मतपत्र छपाइको काम भइरहेको छ ।
स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी,दलहरू आआफ्नो रणनीतिमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।