एजेन्सी ।। रुस र युक्रेनबीच आज फेरि शान्तिवार्ता हुँदैछ । रुसी वार्ताकार डेविड अराखामियाका अनुसार आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको हो । युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसैबीच रुसी ग्यास किन्ने मुलुकले आजदेखि रुसी मुद्रा रुबलमा भुक्तानी नगरे ग्यास नपाउने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने निर्णयमा हस्ताक्षर गरेसँगै आजैदेखि कार्यान्वयनमा आएको हो । योसँगै युरोपमा उर्जा संकटको जोखिम बढेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । युरोपमा प्रयोग हुने एक तिहाइभन्दा बढी ग्यास रुसले आपूर्ति गर्छ । युक्रेन आक्रमणलाई लिएर पश्चिमा मुलुकहरुले आर्थिक नाकाबन्दी गरेपछि रुसले शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकले ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने माग राखेको हो । यसअघि युरोपले युरो र डलरमा रुसी ग्यास खरिद गर्दै आएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here