काठमाडाैं ।। नेपाली काँग्रेसले प्रदेश तथा विभिन्न तहका साभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति तत्काल गठन गर्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले गरेको निर्णयका आधारमा मातहतका निकायमा परिपत्र गर्ने निर्णय भएको हो । पार्टी उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा हिजो बसेको बैठकले विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न निर्देशन दिने निर्णय गरेको हो । आवश्यक जिम्मेवारी बाँडफाँड गरेर निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने समेत बैठकले निर्णय गरेको काँग्रेस प्रवक्ता डा प्रकाशसरण महतले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here