काठमाडौं ।। नेपालमा तेलको माग वार्षिक साढे ३ लाख मेट्रिक टनको हाराहारीमा रहेको छ । तर देशभरमा सञ्चालित करिव ४० वटा तेल उद्योगले ५ देखि ८ लाख मेट्रिकटन खाने तेल उत्पादन गर्ने गर्छन् । यसो हेर्दा नेपाल तेलमा आत्मनिर्भर जस्तो देखिए पनि नेपालमै तेलका लागी आवश्यक कच्चा पदार्थ नहुँदा विदेशबाट आयात गरि खाने तेल उत्पादन भईरहेको छ । दाङको तुल्सीपुरमा रिजालबन्धु तेल उद्योगले तेल उतपादन गर्न थालेको ३५ वर्ष बढि भयो । वार्षिक ६ लाख लिटर खाने तेल उत्पादन गर्ने उद्योगले झण्डै साढे ६ लाख क्वीन्टल तोरी पेल्छ तर पछिल्लो समय नेपालमै उत्पादित तोरी पाईन छोडेको सञ्चालक चिरन्जीवि रिजाल बताउनु हुन्छ । कास्कीको पोखरामा ४० वर्ष देखि खाने तेल उत्पादन गर्दै आउनु भएका उद्योगी चन्द्र कृष्ण कर्मचार्य पनि वार्षिक ४ लाख किलो तेल पेल्नु हुन्छ । तर पछिल्लो समय सरकारले २ हजार माथिको तोरी खरिदमा मुल्य अभिवृद्धि कर लगाएपछि साना किसानसँग तोरी खरिद गर्नै नसकिएको उहाँ बताउनुहुन्छ । चामल, दाल तेल उद्योग महासङ्घका अनुसार नेपालभर झण्डै ४० वटा खाने तेल उद्योग रहेका छन् । जसले वार्षिक रुपमा ५ देखि ८ लाख मेट्रिकटन तेल उत्पादन गर्छन् । जुन माग भन्दा दोब्बरले बढि हुन आउँछ । तर उत्पादित तेलका लागि कच्चा पदार्थ भने आयात गर्नुपर्ने बाध्यता छ । सरकारले तेलहनबालीलाई प्राथमितामा नराखेका कारण यस्तो अबस्था आएको चामल, दाल तेल उद्योग महासङ्घका अध्यक्ष सुवोध गुप्ता बताउनुहुन्छ । नेपालमा करिब २ लाख ८१ हजार ४१ हेक्टर क्षेत्रफलमा तोरी, सूर्यमुखी, भटमास लगायतको खेति गरिएको छ र २ लाख ७८ हजार मेट्रिकटन तेलहनबाली उत्पादन भईरहेको छ । जसले खाने तेलको कुल खपतको ४० प्रतिशत पनि धान्दैन । सरकारको प्राथमिकतामा तेलहलबालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेल बताउनुहुन्छ । गत वर्षमात्रै ७५ अर्ब बढिको खाने तेल आयात भएको थियो । यसवर्ष कच्चा पदार्थको मूल्य बढेका कारण खाने तेलको मूल्य ३० प्रतिशतसम्म बढेको छ । जसले उपभोक्ताको भान्सालाई महङ्गो बनाईरहेको छ भने, व्यापार घाटा पनि बढाईरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here