डाेटी ।। डोटीको पूर्वीचाैकी गाउँपालिका–७ पोखरीको तीनट्टेमा से १ त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका–४ का ट्र्याक्टर चालक ज्ञानबहादुर चौधरी रहनु भएकाे छ ।
दुर्घटनामा परि अछामको चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल गम्भीर घाइते हुनुभएकाे छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकाे प्रहरीले जानकारी दिएको छ। ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here