काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभर मौसम बदली रहने छ । प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश १ का पहाडी भू–भागहरूका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक वर्षाको साथै हावा हुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाले तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आग्रह गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here