काठमाडाैं ।। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच कस्तो गठबन्धन गर्ने भन्ने बारेमा आजको बैठकमा निर्णय गर्ने तयारी काँग्रेसको छ । केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश सदस्यहरूले गठबन्धनको पक्षमा धारणा राखेकाले यसैका आधारमा निर्णय लिइने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले भने आफू गठबन्धन गर्न नहुने पक्षमा रहेको बताउनुभएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताउनुभएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने चुनावी गठबन्धनको पक्षमा रहनुभएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












