एजेन्सी ।। युक्रेनमा जारी युद्धको विषयमा रुस र युक्रेनबीच पुनः वार्ता हुने भएको छ । दुवै मुलुकबीच यसै साता टर्कीमा वार्ता हुने बताइएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्किले रुससँगको वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताउनुभएको छ । उहाँले युक्रेनको सुरक्षाको प्रभावकारी प्रत्याभुति वार्ताको प्रमुख मुद्दा हुने पनि बताउनुभयो । यसअघि दुई देशबीच भएको वार्ताबाट कुनै ठोस निस्कर्ष निस्कन सकेको छैन । रुसले युक्रेन कसैको पक्षमा लाग्न नहुने माग गर्दै आएको छ । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको १ महिना नाघिसकेको छ । तर, युक्रेनमाथि आक्रमण भएपनि रुस सफल हुन नसकेपछि सङ्घर्स बिरामीको घोषणा गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












