एजेन्सी ।। ब्रसेल्समा भएको आपतकालीन शिखर सम्मेलनमा नेटो नेताहरूले पूर्वी युरोपमा गठबन्धनको सेनाको वृद्धिलाई अनुमोदन गरेको छ । नेटोका जेन्स स्टोल्टनबर्गले स्लोभाकिया, हंगेरी, बुल्गेरिया र रोमानियामा चार नयाँ युद्ध समूह पठाइने बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसको आक्रमण विरुद्धको लडाइँमा युक्रेन “एक्लो“ नभएको बताउनुभयो । ब्रसेल्समा बोल्दै उहाँले रुसी राष्ट्रपतिले रासायनिक हतियार प्रयोग गरे त्यसको नतिजा ‘विपत्तिजनक’ हुने चेतावनी समेत दिनुभयो । यसअघि बेलायतले थप ६५ रुसी समूह र व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । बेलायतले युक्रेनलाई थप ६ हजार क्षेप्यास्त्र पठाउने घोषणा गरिसकेको छ । रुसको विदेश मन्त्रालयले भने नेटो शिखर सम्मेलनमा प्रतिक्रिया दिँदै पश्चिमी गठबन्धनले द्वन्द्व जारी रहोस् भन्ने चाहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here