काठमाडाैं ।। देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार राति पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने भोलि दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।