रौतहट ।। नेकपा एकीकृत समाजवादी पार्टीका मधेश प्रदेश सदस्य एवं राजदेवी नगर पालिकाका नगर प्रत्यासी भिखारी यादवले आउदो स्थानीय तहको निर्वाचनमा राजदेवी नगरपालिकामा नेकपा एस को नेतृत्वमा स्थानीय सरकार हुने दावी गरेका छन् ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा सोमबार नेकपा एकीकृत समाजवादी पार्टी नगर कमिटिले आयोजना गरेको वडा भेलामा प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै मेयर प्रत्यासी यादवले यस पालिको निर्वाचनमा नेकपा एसको प्रतिनिधि निर्वाचित हुने ठोकुवा गरे ।
नेपालमा संघियता पछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा १२५ मतले नगर प्रमुखमा पराजित भएका भिखारी यादवले यस वर्षको निर्वाचनमा प्रत्येक वडामा सवल र सक्षम वडा अध्यक्षको चयन गरिएकोले नेकपा एसका सवै उम्मेदवार निर्वाचित हुने विश्वास व्यक्त गरे ।
गत वर्षको स्थानीय र प्रादेशिक निर्वाचनमा झिनो मतले पराजित भएका यादव प्रति स्थानीयहरुको सहानुभूति भएकोले यसपाली निर्वाचित हुने जनमानसको विश्वास रहेको छ । दुइ पटक पराजित भएकोले यस पटक निर्वाचित गराउन मेयर प्रत्यासी यादवले मतदाताहरु सित आग्रह समेत गरेका छन् ।
मेयर प्रत्यासी यादवले भने निर्वाचित भएका नेपाली कांग्रेसका नगर प्रमुख धिरेन्द्र कुमार सिंहले ५ वर्ष मा नगरपालिकामा जनताको चाहना विपरित कार्य गरेको र राज्यको रकम बढी दुरुपयोग गरेकोले आउदो निर्वाचनमा नेकपा यसको पक्षमा मतदान गर्न तत्पर रहेकोले नेकपा यसको सरकार बन्ने उहाको भनाइ रहेको छ ।
देव शरण साहको अध्यक्षतामा भएको सो भेलाबाट संजय कुमार यादवको नेतृत्वमा २५१ सदसीय वडा कमिटि गठन गरिएको छ । इन्चार्जमा बिरेन्द्र प्रसाद जैसवाल छनौट गरिएको छ भने वडा अध्यक्षमा संजय कुमार यादव चयन गरिएको हो ।
उपाध्यक्षमा लालन कुमार साह , सचिवमा अमोद कुमार यादव र सह सचिवमा सोनेलाल माझी लगायतका अन्य सदस्यहरु चयन गरिएको नव गठित वडा कमिटिका अध्यक्ष संजय कुमार यादवले जानकारी दिएका छन् । उहाले भने सधै जनताको सेवा गरेको छु एक पल्ट मलाई सेवा गर्न मौका दिनु ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष राम नरेश यादव , २ का वडा अध्यक्ष प्रत्यासी सन्दिप राजबंसी लगायतका नेताहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here