राैतहट ।। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख एवं जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रस्टाचारको मुद्दा दायर गरेको छ । मुद्दा दायर हुने वितिकै मेयर पटेल स्वतः पदबाट निलम्वित भएका हुन् ।
उपभोक्ता समितिबाट भुक्तानी दिनको लागि मागेको २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक सहित फाल्गुन १५ गते रंगे हात पक्राउ परेका मेयर पटेल र निजका सहयोगी अशोक पटेल विरुद्ध ५ लाख विगो क्याम गर्दै आयोगले विशेष अदालतमा अभियोग पत्र दायर गराएका हुन् ।
उपभोक्ता समितिबाट भवन निर्माणको कार्य सम्पन्न भएपछि माग गरिएको अन्तिम विलको भुक्तानी दिने क्रममा मेयर पटेलले रिसवत मागेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट आएको टोलीले दुवै जनालाइ नियन्त्रमा लिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारी द्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।
अनुसन्धानको क्रममा मेयर पटेल र सहयोगी अशोक पटेलको संलग्नता देखिएकोले विगो कायम गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
मेयर पटेलले सेवाग्राहीसँग पटकपटक रु.५,००,०००।– माग गरी रु.२,५०,०००।– नगद र रु.२,५०,०००।– को चेक गरी जम्मा रु.५,००,०००।– (पाँच लाख रुपैयाँ) लिएको पाइएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले निज नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र अशोक प्रसाद पटेललाई बिगो रु.५,००,०००।– (पाँच लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here