काठमाडाैं ।। युक्रेन र रुसबीचको युद्ध आज २२ दिनदेखि जारी छ । दुई मुलुकबीच युद्ध अन्त्यको विषयमा कुनै ठोस सहमति हुन नसकेपछि युद्ध लम्बिदै गएको हो । २२ दिनदेखि जारी युद्धको क्रममा रुसले युक्रेनको महत्त्वपूर्ण क्षेत्रहरूमाथि कब्जा गरिसकेको छ भने हिजो राजधानी किभको एक नाटक घरमाथि आक्रमण गर्दा १० जना सर्वसाधारणको मृत्यु भएको छ । युक्रेन सरकारका अनुसार युद्धबाट जोगिनका लागि नाटक घरमाथि आश्रय लिएर बसेको बेला रुसले आक्रमण गरेको बताएको छ । रुसले युक्रेनको राजधानी किभमाथि कब्जाको लागि निरन्तर आक्रमण गरिरहेको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्किीले हिजो अमेरिकी संसदलाई संबोधन गर्नुभएको छ । भर्चुअल रुपमा सम्बोधन गर्दै उहाँले युक्रेनमाथि नो फ्लाई जोन अर्थात् युरोपीय आकाशमा हवाई प्रतिबन्ध लगाउन माग गर्नुभयो । जेलेन्स्किीको सम्बोधन पछि अमेरिकी राष्ट्रपति जो बाइडन, आज ८० करोड डलर बराबरको सैन्य सहयोग गर्ने तयारीमा हुनुहुन्छ । यस्तै, पश्चिमी मुलुकहरूले युक्रेनमाथि जारी युद्धको विषयमा छलफलका लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक बोलाउन आह्वान गरेका छन् । बेलायत, अमेरिका, फ्रान्स लगायतका मुलुकले युक्रेनमाथि रुसले गरिरहेको आक्रमणका कारण विश्वका विभिन्न क्षेत्र प्रभावित बनेको र युक्रेनलाई थप सहयोग कसरी गर्न सकिन्छ लगायतका विषयमा छलफलका लागि सुरक्षा परिषदको बैठक बोलाउन भनेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here