एजेन्सी ।। रूसले आक्रमण जारी राखेको युक्रेनको राजधानी किभमा तीन युरोपेली मुलुकका प्रधानमन्त्री पुगेका छन् । युक्रेनप्रति समर्थन जनाउँदै पोल्यान्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीहरू रेल चढेर किभ पुगेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । उनीहरु युरोपियन युनियनको प्रतिनिधित्व गर्दै किभ पुगेका खबरमा उल्लेख छ । किभ पुगेका उनीहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेका खबरमा उल्लेख छ । युक्रेनबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन पनि अर्को साता युरोप जाने तय भएको ह्वाइट हाउसलाइ उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here