एजेन्सी ।। तपाईंले धेरै व्यक्तिहरूको बारेमा सुन्नु भएको होला जो आफ्ना पार्टनरहरूसँग खुशी छैनन्। उसलाई आफ्नो पार्टनर माथि संका छ कि “ऊ मात्र उसको स्वार्थको लागि उनको प्रयोग गरिरहेको छ, न कि प्रेम।” यस्तो धेरै सम्बन्ध हरुमा हुने गर्छ। यदि तपाईंलाई पनि लाग्छ कि तपाईंको पार्टनर केवल उसको आवश्यकता अनुसार तपाईंसँग सम्बन्धित छ वा यदि उसको तपाईंसँग बाहेक अरू केटीसँग पनि सम्बन्ध छ भने आज हामी तपाईंलाई केहि तरिकाहरू बताउन जाँदैछौं जसबाट तपाईंले जान्न सक्नुहुनेछ कि तपाईंको साथीले तपाईंलाई वास्तवमा माया गर्छ वा प्रयोग मात्र गर्छ भनेर। प्रतिबद्ध छैन/ कमिटमेन्ट गर्दैन : यदि ऊ कहिले पनि कमिटमेन्ट गर्दैन, ऊ तपाईंलाई तपाईंको सम्बन्धको भविष्यको बारेमा कुनै आश्वासन दिदैन। उसले तपाईको सम्बन्ध केही समयको लागि मात्र हो भनेर देखाउन प्रयास गर्दछ। जस्तो कि ऊ कहिल्यै पनि, हामि अर्को साल बिबाह गर्ने, यहाँ घुम्न जाने, हामि भविष्यमा यसरि घर चलाउनु पर्छ आदि जस्ता बिषयमा कुरा गर्दैन।
आर्थिक रुपमा तपाईं संग निर्भर रहन्छ : यदि ऊ तपाईं माथि आर्थिक रुपमा निर्भर छ। ऊ आफुलाई कहिल्यै पनि आर्थिक रूपमा सवल देखाउँदैन। यो संकेत हो कि उसले तपाईंलाई उसको बैंकको रूपमा प्रयोग गर्दैछ। उसलाई जव पैसा चाहिन्छ, उसले तपाईंलाई आफ्नो एटीएम सोच्छ र पैसाको लागि सोध्छ। सम्बन्धमा आवश्यक पर्दा आर्थिक सहयोग लिनु सामन्य कुरा हो तर, त्यहि पैसाको लागि मात्र सम्बन्धमा हुनु चाहिं एकदमै गलत। यसरि गाँसिएको सम्बन्धले अर्को पार्टनरलाइ भबिष्यमा ठुलो चोट दिने गर्छ।
तपाइंको भावनाको कदर गर्दैन : यदि उसले तपाईंको विचार र भावनाहरूको ख्याल राख्दैन, ऊ तपाईंको विचारहरू वा तपाईंलाई कस्तो महसुस हुन्छ भनेर जान्न कहिल्यै चासो राख्दैन। ऊ कहिल्यै यसमा गहिरिएर सोच्दैन। उसलाई तपाईं साँचो अर्थमा को हो भन्ने कुरामा कुनै चासो छैन। तपाइंलाई कुनै कुराले पिडा परेको छ अनि तपाईं चिन्तित हुनुहुन्छ भने पनि ऊ त्यसको पर्वाह नगरी आफ्नै सुरमा लागि रहन्छ। यो एक संकेत हो कि उसले तपाईंलाई एक व्यक्तिको रूपमा होइन, एक सामानको रूपमा देख्छ।
उसका साथि वा परिवारको बारेमा नभन्नु : यदि ऊ कहिले पनि तपाइंलाई आफ्ना साथी वा परिवारसँग परिचित गराउदैन । ऊ कहिले पनि उसको चिनजानका मान्छे संग तपाइंको भेट गराउदैन। यसको कारण यो हो कि उसको दिमागमा तपाईं केवल केही दिनको लागि सँगै भएको वस्तु जस्तो हुनुहुन्छ।
अन्य केटीहरु संग फ्लर्टिंग: यदि ऊ अझै अरु केटीहरु संग फ्लर्ट गर्दछ। ऊ तपाईसँग इमान्दार छैन। यसले तपाईंलाई सुरक्षा वा सेक्युरिटी प्रदान गर्दैन जुन तपाईं आफ्नो सम्बन्धमा चाहिन्छ। उसको आँखा अझै अन्य केटीहरूतर्फ चाहार्छन र उसले आफैंलाई अरूको लागि उपलब्ध छु भन्ने देखाउछ।
सम्बन्धमा दुरी बढ्नु : यदि ऊ तपाईंसँग सम्बन्धमा निरन्तर छैन, ऊ तपाईंसँग निरन्तरता देखाउदैन। ऊ आफ्नो दिमाग अनुसार काम गर्छ। उसले तपाईंलाई तब मात्र राम्रो व्यवहार गर्छ जब उसको मन गर्छ। ऊ तपाईंलाई कुनै कारण दिदैन कि जसले तपाईं ऊ माथि भर पर्न सक्नुहोस्। यस्तो हो भने हुन सक्छ ऊ तपाईंलाइ मात्र प्रयोग गरि रहेको छ!
बेडरूममा तपाईंलाई खुशी पार्न कोसिस गर्दैन : यदि ऊ केवल बेडरुममा आफ्ना आवश्यकताहरू पूरा गर्नमा केन्द्रित हुन्छ। ऊ तपाईंलाई बेडरूममा खुशी पार्न कहिल्यै प्रयास गर्दैन। ऊ केवल उसको यौन आवश्यकताको मात्र ख्याल राख्छ।
उसको चरित्रको बारेमा जान्नुहोस् : यदि ऊ केटीहरूको प्रयोगको लागि परिचित पो छ कि। उसको क्यारेक्टरको बारेमा जानकारी लिनुहोस्। यदि तपाईंलाई थाहा छ कि उसको चरित्र विगतमा केटीहरूको प्रयोग गर्ने खालको थियो, त्यसोभए सम्भवतः उसले तपाईंलाइ पनि त्यस्तै गर्नसक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here