एजेन्सी ।। युक्रेन र रुसबीचको युद्ध १८ औं दिनसम्म पनि जारी छ । गत २४ फेबु्रअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । ३ देखि ४ दिनमै युद्ध सकिने आँकलन गरिएपनि युद्ध अझै रोकिएको छैन । दुई देशबीच जारी युद्ध अन्त्यका लागि तीन चरणमा वार्ता हुँदा पनि कुनै निस्कर्स निस्कन सकेको छैन । जारी युद्धको क्रममा रुसले युक्रेनको विभिन्न सहरमाथि कब्जा गरिसकेको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले जारी युद्धको क्रममा १३ सय युक्रेनी सेनाको मृत्यु भएको बताउनुभएको छ । साथै उहाँले युद्धको क्रममा ६ हजारभन्दा बढी रुसी सेना मारिएको पनि दावी गर्नुभएको छ । जारी युद्धका कारण हालसम्म २५ लाख भन्दा बढी नागरिकले युक्रेन छाडिसकेका छन् भने ५ सय रुसी सेनाले आत्मसर्पण गरेको पनि उहाँले उल्लेख गर्नुभयो । यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताको प्रस्ताव गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here