काठमाडाैं ।। रोजगारीका लागि भारतबाट नेपाल आएकाहरूले वार्षिक अर्बौ रुपैयाँ कमाउने गरेको तथ्याङ्कले देखाएको छ । अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान संस्था पियू रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार नेपालबाट ३ खर्ब भन्दा बढि रेमिट्यान्स भारत जाने गरेको छ । नेपालमा रहेका भारतीय कामदारको यकिन तथ्याङ्क सरकारसँग छैन । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा ६ लाख भारतीय नेपालमा रहेको उल्लेख छ । रोजगारीको खोजी गर्दै नेपालबाट दैनिक १५ सयभन्दा बढीले देश छोड्ने गरेका छन् भने वैदेशिक रोजगारीका लागि हालसम्म २२ लाख जना विदेशमा छन् । तर, नेपालमै अवसर देखेर रोजगारीका लागि भारतबाट आउनेहरूले वार्षिक अर्बौ लिएर जाने गरेका छन् । हावापानीका दृष्टिले नेपाल कृषि, व्यापारव्यवसायका लागि अनुकुल रहेको नेपालमै काम गर्ने भारतीयहरू बताउँछन् । तर परिवारका सदस्य विदेश पठाउनुपर्छ भन्ने लहलहैका कारण उर्वर भूमि बाँझै छाडेर भए देश छोड्नेको सङ्ख्या अझैँ घटेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here