दाङ ।। दाङमा सवारी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । देउखुरी क्षेत्रमा कार र मोटरसाईकल एकआपसमा ठोक्किदा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने १० वर्षका सन्धाय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । बालिका मोटसाइकलमा सवार थिइन् । यस्तै दुर्घटनामा परी घाईते हुनेमा राप्ती ६ सगरापुर बस्ने ४५ वर्षका जयराम चौधरी, मोटरसाईकलमा सवार सोहि ठाउँ बस्ने ४० वर्षका बेदकुमारी चौधरी र पैदलयात्री लमही ८ असनी बस्ने २८ वर्षका पारस बोहोरा घाईते भएका छन् । गोबरडियाबाट सिसहनिया तर्फ जादै गरेको लु २ च ७६८२ नम्वरको कार र विपरित दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्बरको मोटरसाईकल गएराती साढे दश बजे गढवा २ महादेवा पुल नजिकै आपसमा ठोक्किएका थिए । यसैगरि तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक सुनसरी रामदुनी ३ बस्ने ३२ बर्षिय महमद सलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here