रौतहट ।। नेपाली कांग्रेस रौतहटको १४ औ जिल्ला अधिबेशनले रौतहटमा चुनावी माहौल बनेको छ ।
सस्थापन पक्ष र कोइराला पक्षका उमेदवारहरुले प्रचार प्रसारमा उत्रे पछि निर्वाचनमय बातावरण भएको हो । फाल्गुन १५ मा हुने १६ जिल्लाको जिल्ला अधिबेशनको तयारीमा कांग्रेस कार्यकर्ता जुटेका हुदा जता ततै कांग्रेस पार्टीको झण्डा बेकेका सवारी साधनको लावालसकर , कार्यकर्ता र नेताको संगम हेर्दा चुनाबी माहौल बनेको पाइएको छ ।
दुवै पक्षले आफ्ना उम्मेदवार जिल्ला सभापतिमा निर्वाचन हुने दावी गर्दै जिल्ला प्रतिनिधि रिझाउने गरेका छन् । रौतहटमा शेखर कोइराला पक्षका जिल्ला सभापति पदका उम्मेदवार हृदय नारायण यादवले आफ्नो प्यानल निर्वाचित हुने दावी गरेका छन् ।
रौतहटका परोहा नगरपालिकाका मेयर शेख वकिल , राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तर , वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादव र निलम्वित सांसद मोहमद आफताव आलम लगायतका नेतासहितका समर्थकहरुको सहयोग समर्थन रहेका कारण कोइराला पक्ष बलियो भएको बुझाई रहेको छ ।
कोइरालाको पक्षबाट उपसभापतिमा सांसद आलमको भाई मोहमद महताव आलम , सचिवमा रामचन्द्र गिरि उम्मेदवार भएको जिल्ला सभापतिका उमेदवार हृदय नारायण यादवले बताएका छन् । एउटा उपसभापति ,एउटा सचिव र २ वटा सह सचिवको छनौट गर्न बाकि रहेको छ ।
फाल्गुन १५ मा हुने जिल्ला अधिबेसनमा १ सभापति २ उपसभापति २ सचिव र २ सह सचिव गरि ७ पदको निर्वाचन हुने जिल्ला सभापतिको प्रत्यासी यादवले बताएका हुन् ।
२ हजार ७ सय निर्वाचन प्रतिनिधि मतदाता रहेको सो निर्वाचनमा हृदय नारायण यादव नेतृत्वको प्यानल जित्ने दावी परोहा नगरपालिकाका मेयर शेख वकिलका रहेका छन् ।
यादव पुरानो पार्टी कार्यकर्ता रहेको र अहिले सम्म जिल्ला सभापति कहिले नभएकोले यस पाली जिल्ला सभापति बनाउने कांग्रेसका जिल्ला प्रतिनिधिहरुको चाहना रहेकोले जित सुनिश्चित भएको उहाको भनाइ रहेको छ ! कांग्रेस जिल्ला अधिबेशनमा विना प्यानलबाट जिल्ला सचिव पदमा उपेन्द्र यादवले समेत उम्मेदवार भएको छ ।
सस्थापन पक्ष तथा मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवको समर्थनमा जिल्ला सभापतिको पदमा जितेन्द्र यादव रहेका छन् । प्रदेश सभापति समुहले जिल्ला अधिबेशनबाट आफ्नो समुह नै निर्वाचित हुने ठोकुवा गर्दै आएका छन् ।
कृष्णा यादवको सम्धी नातामा हृदय नारायण यादव पर्ने भएकोले निर्वाचनमा सम्धी सम्धी विचको प्रतिस्पर्धा रहेको टिप्पणी हुने गरेका छन् ।
पुर्व संविधान सभा सदस्य जितेन्द्र यादव राजनीतिक भन्दा बढी व्यवसाय तर्फमा केन्द्रित भएकोले विशुद्ध रुपमा राजनीतिककर्ता जिताउने सोच पार्टी भित्र पनि रहेको बुझिएको छ ।





