काठमाडाैं ।। आज रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसो सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । तर राति देशभर आंशिकदेखि सामान्य बदली रही सूदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै भोलि दिउँसो सूदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यसैगरी राति सूदूरपश्चिम, कर्णाली, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । पर्सि दिउँसो सूदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरूम हिमपातको सम्भावना रहेको छ । राति सूदूरपश्चिम, कर्णाली, गण्डकीका उच्च पहाडी र हिमाली भूभागका केही र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबारदेखि यो प्रणाली कमजोर हुँदै जाने भएकाले त्यसपछि भने मौसम खुल्दै जानेछ । तर पूर्ण रुपमा खुल्न भने समय लाग्ने मौसमविद्ले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here