ज्नकपुर ।। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता बृषेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै लाल सहित लोसपाका कार्यकारी सदस्य समेत रहेका नेता डा। बिजयकुमार सिंह लगायत नेताकार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् ।
उनीहरुले लोसपा नेपाल परित्याग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीमा समाहित भएको घोषणा गरे ।
जसपा नेपालबाट विभाजित भएर ७ महिना अघि बनेको लोसपा नेपालभित्र अध्यक्ष महन्थ ठाकुरले एक्लौटी ढंगले पार्टी एकीकरण गरेको र लोसपा गठनपछि पनि एकलौटी ढंगले अघि बढेका कारण आफूहरुले लोसपा नेपाल परित्याग गरेको नेता लालले बताए ।
पार्टीमा आन्तरिक द्वन्द्व बढेपछि लोसपा नेपालका केही नेताले तत्कालीन तमलोपालाई नयाँ ढंगले निर्वाचन आयोगमा दर्ता गराएका थिए । तमलोपाको अध्यक्ष शिवशंकर लाल कर्ण रहेका छन् ।





