काठमाडाैं ।। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा दिउँसो ३ ः ४५ मा क्यानडासँग खेल्ने छ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । क्यानडा भने २ खेलमा २ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here