काठमाडाैं ।। विश्वकप टी–२० छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।ओमानमा जारी टी–२० विश्वकप छनोटअर्गत पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको हो । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् ।
ओमानको तर्फबाट जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रन बनाएका हुन् ।
नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १÷१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।नेपालको तर्फबाट आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।