काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एमसीसी परियोजनाभन्दा पनि संसदको अवरोधमा जोड दिने रणनीति लिएको छ । आफ्ना मागहरु पूरा नभएका कारण संसदको अवरोध कायमै राखिने प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । उहाँका अनुसार आजको कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले जाने छैन । सरकारमा रहेको एकीकृत समाजवादीमा पनि एमसीसी परियोजना संसोधन नगरी टेबल गर्न नहुने जोड धेरै नेताको छ । एमसीसी परियोजना टेबल हुने चर्चासँगै विप्लव नेतृत्वको नेकपा लगायत दलहरुले आज नेपाल बन्दको आह्यवान गरेका छन् । यद्पी प्रभाव कम पार्न सबै उपाय अपनाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।





