काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन् । देशभर संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ ।
हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन् । जसमध्ये १९ हजार ९८२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












