राैतहट ।। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको पोलिटव्युरो सदस्य राम कुमार भट्टराईले नेकपा एमाले धतुराको बोट जस्तो भएको टिप्पणी गरेका छन् ।
रौतहट जिल्लाको गरुडामा आयोजित नेकपा एकीकृत समाजवादी पार्टीको बर्गीय सङ्गठन समाजवादी प्रेस संगठन नेपालको प्रथम जिल्ला अधिबेशनको उदघाटन सत्रमा सम्वोधन गर्दै पुर्व सांसद भट्टराईले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको भविष्य बलियो नरहेको दावी समेत गरे ।
नेपालमा कम्युनिस्ट आन्दोलन तथा कम्युनिस्टको अस्तित्व जोगाउनको लागि पुर्व प्रधानमन्त्रि माधव कुमार नेपालले संघर्षको बाटो रोजेको प्रस्ट पारे । उनले ओलीले संघियता र विभिन्न आन्दोलनको बलमा प्राप्त भएको उपलव्धिलाइ समाप्त पर्ने गरेको सड्यन्त्रलाइ बरिष्ठ नेता नेपालले तोडेको बताए ।
फरक प्रसंगमा उदाहरण दिदै नेता भट्टराईले भने आपको बोट लगाए फल दिन्छ र धतुराको बोटबाट धतुरा बाहेक केहि मिलन सकिने छैन । एमालेको अस्तित्व आउदो चुनावबाट पतन हुने उहाको भनाइ रहेको छ ।
कम्युनिस्टको विचार , सिधान्त विपरित एमालेको कदम भएकोले पतन निश्चित रहेको बताउदै भट्टराईले सचाई र अन्यायको विरुद्ध निर्धक रुपमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सदस्य शेख कलिमुल्लाह , जिल्ला अध्यक्ष कमल यादव , समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य शैलेन्द्र कुमार गुप्ता , प्रेम चन्द्र झा , लगायतका वक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
प्रथम जिल्ला अधिवेशनको बन्द सत्रबाट नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरको अध्यक्षतामा २१ सदसीय नया जिल्ला कार्य समिति गठन गरिएको छ ।
गठित जिल्ला कार्य समितिको उपाध्यक्षमा कृष्ण तिवारी , इन्दु देवी मिश्र , सचिवमा राकेश कुमार यादव , स सचिवमा रुपेन्द्र पटेल , राजेश पासवान ,कोषाध्यक्षमा रौशन चौधरी , सदस्यहरुमा संजय कुमार मिश्र , उमेश कुमार यादव , अजित कुमार कर्ण , मनोज कुमार मुखिया , प्रदीप दास तत्मा , मुकेश यादव , विदुर झा , विमलेश कुमार झा , राजेश कुमार यादव लगायतका रहेको जिल्ला कार्य समितिले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्री
यसपछिको सामग्रीएमसीसी विरोधमा चिनियाँ हस्तक्षेपको अमेरिकी आरोप
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here