काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिक बदली रहने बताएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा देशभरको मौसम सफा रहने जनाएको हो । देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका पुर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका अधिकांश भू–भागमा मौसम बदलीसँगै चिसो बढ्ने भएकाले त्यसबाट जोगिन आग्रह गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here