एजेन्सी ।। क्यानडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरूले आन्दोलन गरेपछि सरकारले राजधानी ओटावामा सङ्कटकाल घोषणा गरेको हो । ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन सङ्कटकाल लगाइएको बताउनुभयो । आन्दोलनकारीले सडकमा ट्रक तेर्स्याएर र टेन्ट राखेर यातायात आवागमन बन्द गराएका छन् । आन्दोलनको क्रममा हिंसा र दुव्र्यवहार भएको भन्दै उजुरी पनि परेका छन् । क्यानडा सरकारले जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका–क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो । जुन आदेशको विरोधमा ट्रक चालकहरूले प्रदर्शन सुरु गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।