काठमाडौँ ।। मूल्य समायोजनको नाममा पेट्रोलियम पदार्थको भाउ लगातार बढिरहेको छ । नेपाल आयल निगम अझै मासिक ५ अर्ब घाटामै रहेको दाबी गर्छ । कोभिड महामारी र शक्ति राष्ट्रबीच बढ्दो तनावले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने कतिपयको अनुमान छ । २०६४ सालमा पेट्रोल लिटरको ७४ रुपैयाँमा पथ्र्यो । तर, अहिले लिटरको १ सय ४२ रुपैयाँ पुगेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, डिजेल लगायत इन्धनको मुल्य बढ्दै गएको छ । त्यसको असर नेपालमा पनि देखिन्छ, र आयल निगमले मूल्य बढाउँछ । तर निगम अझैपनि पेट्रोलमा मात्रै २ अर्ब बढी घाटा हुने स्थितिमा छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीले बढेर आए अनुसार मूल्य समाजोन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार उपभोक्तालाई सहज होस् भने केही मात्रामा मात्रै मूल्य समायोजन गरेको भन्दै उहाँले अबको १५ दिनमा पनि निगम २ अर्ब २३ करोड घाटामै रहको उल्लेख गर्नुभयो । चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १३ पटक मूल्य प्राप्त भएकोमा अधिकांश पटक मूल्य बढेर आएको छ । तरपनि ४ पटकमात्रै मूल्य समायोजन गरेको निगम दाबी गर्छ । अर्कोतर्फ पेट्रोलियम पदार्थ किन्नमै गतवर्ष १ खर्ब ५८ अर्ब खर्च भएको थियो । जुन यसवर्ष १ खर्ब ९० अर्ब पुग्नसक्ने निगमको अनुमान छ । २०७२ सालमा भारतले नाकाबन्दी गरेपछि मानिसहरूले पेट्रोलियम पदार्थको विकल्प खोजेका थिए । तर, जसै नाकाबन्दी हट्यो, नेपालीहरूले पेट्रोलियम पदार्थको विकल्प पनि बिर्सिए । जुन चिन्ताको विषय भएको अर्थ क्षेत्रका जानकारहरू बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here