एजेन्सी ।। विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ३० करोड नाघेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २७ लाख ४ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या ३० करोड १५ लाख नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ । यस्तै २८ लाख ६३ हजार नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पनि ३८ करोड १७ लाखभन्दा धेरै भएको छ । गत २४ घण्टामा मात्रै ११ हजार सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५७ लाख ४ हजार नाघेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।