एजेन्सी ।। प्रेम यस्तो चिज हो जुन तपाइले चाहेर या नचाहेर हुँदैन। यो त बस यसै भैदिन्छ। श्री कृष्णका अनुसार प्रेम संसारको सबै भन्दा पबित्र बन्धन हो । अनि साँच्चिकै भन्नु पर्दा प्रेम बन्धन मुक्त पनि हो। प्रेम त्यस्तो शक्ति हो जसाले संसारका हरेक बन्धन हरुलाई तोड्न सक्छ अनि आँफु कुनै बन्धनमा बांदिदैन।
आज हामि एकतर्फी प्रेमको बारेमा चर्चा गर्दैछौं। आज हामि, एकतर्फी प्रेममा पर्दा कस्तो महसुस हुन्छ? एकतर्फी प्रेमलाई कसरि दुइ तर्फी बनाउने? बारेमा बुझ्ने कोशिस गर्नेछौं। एकतर्फी प्रेमलाई परिभाषित गर्न अलिक कठिन छ। कहिलेकाहिँ हुन सक्छ कि, तपाईं जसलाई प्रेम गर्नुहुन्छ ऊ अरु कसैलाई पनि प्रेम गर्दैन र तपाईंलाइ पनि गर्दैन। तर कहिलेकाहिँ यस्तो पनि हुन सक्छ कि, तपाईंले प्रेम गरेको व्यक्तिले अरु कसैलाई प्रेम गर्छ अनि तपाइंलाई गर्दैन। कसैलाई प्रेममा पारेर धोका दिनु पनि एकतर्फी प्रेम अन्तर्गत नै पर्दछ।
एकतर्फी प्रेम पनि अजबको हुन्छ। प्रेम गर्ने मान्छे बाहिरबाट त खुशी देखिन्छ तर भित्रभित्रै प्रेमको बदलामा प्रेम चाहेर रोइ रहेको पनि हुन्छ। जब कुनै केटा या केटि एकले मात्र प्रेम गर्छ भने त्यसलाई एकतर्फी प्रेम भनिन्छ। एक हिसाबले यस्तो प्रेम गजबको हुने गर्छ। परिस्थितिहरु अलग हुन सक्छन, तपाईं जसलाई प्रेम गर्नुहुन्छ उसले तपाइँलाइ चिन्दा पनि नचिन्ने हुनसक्छ। या चिने पनि तपाइँहरु बीच खास नजिकको मित्रता नहुन सक्छ । अनि कहिलेकाहीं, तपाईंहरु नजिकका साथि हुन सक्नुहुन्छ तर तपाईंहरुमा एकजनमा मात्र प्रेम भाव आउन सक्छ। यस्तो एकतर्फी प्रेम कलेज, कोचिंग, कार्यालय या आफ्नो गाउँ शहर जहाँ पनि हुन सक्छ।
एकतर्फी प्रेममा पर्दा फरक किशिमको महसुस हुनेगर्छ। दिल अनि दिमागमा जतिखेरै अलिकति डर रहिरहन्छ। एकतर्फी प्रेम गर्ने व्यक्तिलाई यो थाहा हुँदैन कि, जसलाई उसले प्रेम गर्छ, त्यसको बदलामा उसले अर्को तर्फबाट प्रेम पाउछ या पाउदैन। अनि जसलाई उसले प्रेम गर्छ उसले आफ्नो बारेमा के सोच्छ होला भन्ने उत्सुकता अनि डरले हमेशा दिलमा डेरा बनाइ राख्छ। एकतर्फी प्रेममा जलन महसुस हुनु सामन्य कुरा हो। जब आँफुले चाहेको मान्छे अरु कसै संग कुरा गरि रहेको देखिन्छ तब आफ्नो दिलमा आगो लागे झैं हुने गर्दछ। समस्या यहाँ हुने गर्छ कि न त आँफु उसलाई केहि भन्न सकिन्छ न त खुलेर केहि सोध्न सकिन्छ। यस्तो अवस्थामा उसको याद अनि ख्वाब तपाइंको दिल दिमागमा आएर तपाईंको निद अनि चैन खोसिन पनि सक्छ।
एकतर्फी प्रेममा तपाइँको दिल अनि दिमागको मिलन हुँदैन। मानौं दिल अनि दिमाग बीच लडाइँ नै हुने गर्छ। दिल बार-बार उसैको बारेमा सोच्न थाल्छ अनि दिमाग भन्दछ कि “छोडी दे, ऊ तलाई प्रेम गर्दैन।” कहिलेकाहीं यस्तो पनि हुन्छ कि, आँफुले प्रेम गरेको मान्छेलाई भेट्न अनि गफ गर्न मन लाग्छ तर जब ऊ संग भेट हुन्छ तब ऊ संग गफ गर्नु त के नजर जुधाउने सम्म पनि हिम्मत हुँदैन। कुनैकुनै केसमा भने, ऊनिहरु बताउनै चाहादैनन कि ऊ उसलाई प्रेम गर्छ भनेर। उनीहरुलाई यो डर हुने गर्छ कि, यदि आफ्नो एकतर्फी प्रेमको बारेमा बताउँदा ऊ आफु संग कुरा गर्नै छोडोस् अनी भएको मित्रता पनि सकियोस् ।
कहिलेकाहीं प्रेम गर्ने व्यक्ति सिधा गएर आफ्नो प्रेम भाव दर्शाउने पनि गर्छन्। त्यस्तो अवस्थामा पनि धेरैजसो अर्को तर्फबाट कुनै जवाफ नआउने सम्भावाना बढी हुन्छ। अनि कहिलेकाहिँ प्रेम अश्विकारको पनि सामना गर्नु पर्ने हुन्छ। जब अर्को तर्फबाट कुनै जवाफ मिल्दैन तब आशा अनि बेचैनी झनै बढ्दछ। अनि जसले प्रेम अश्विकारको सामाना गर्नु पर्छ त्यो पिडा त मात्र भोग्नेले महसुस गर्नसक्छ।
यसैले यसबाट यो निष्कर्ष निस्किन्छ कि, आफ्नो एकतर्फी प्रेम भाव दर्शाउने पहिले कुनै जल्दबाजी नगर्नुहोस्। पहिले उसलाई बुझ्ने कोशिस गर्नुहोस् अनि बिस्तारै आफुलाई बुझाउंदै जानुहोस्। एकतर्फी प्रेमलाई दुइ तर्फी बनाउने कोशिस गर्नुभन्दा अगाडी यो जरुर बुझ्ने कोशिस गर्नुहोस् कि, ऊ अरु कसै संग प्रेम सम्बन्धमा छैन। यदि त्यस्तो छ भने ऊ संग प्रेम सम्बन्ध बनाउने बिचार त्यागेको नै असल हुनेगर्छ। यस्तो अवस्थामा तपाइँले लाख कोशिस गरेपनि तपाईंको प्रेम सफल हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here