काठमाडाैं ।। निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन आज राष्ट्रिपति भण्डारीसमक्ष पेस गर्नुभएको हो । राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेस गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताउनुभयो । प्रतिवेदनमा राष्ट्रिय सभाको अस्ति माघ १२ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणाम पनि समावेश गरिएको निर्वाचन आयोगले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here