एजेन्सी ।। बलिउड अभिनेत्री आलिया भट्ट पुनः दक्षिण भारतीय फिल्ममा देखिने भएकी छिन्। फिल्मको नाम हालसम्म तोकिएको छैन तर आलियाले फिल्म खेल्न सम्झौता भने गरिसकेकी छिन्।
यसपटक आलियाको हिरो हुनेछन्- जुनियर एनटीआर। उनीहरू यसअघिको चलचित्र ‘आरआरआर’मा पनि सँगै छन्। आरआरआर रिलिज हुनै बाँकी छ।
आलिया र एनटीआरले अभिनय गर्न लागेको चलचित्र तेलुगु भाषामा बन्नेछ। निर्देशन हुनेछन्- कोरताला शिवा। सन् २०१६ मा रिलिज भएको ब्लकबस्टर फिल्म ‘जनता ग्यारेज’ उनै शिवाले निर्देशन गरेका थिए।
शिवा र एनटीआर मिल्ने साथी हुन्। आरआरआरमा सँगै काम गरे यता आलिया पनि एनटीआरको मिल्ने साथी भएको भारतीय मिडियाहरूले जनाएका छन्।





