जनकपुर ।। राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन हुने भएको छ ।यी दुई दलले बिहीबार जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन्। दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ ।एमालेले महिलातर्फका उम्मेदबार बिना देवी साहलाई उम्मेदवार बनाएको थियो भने लोसपाले अन्य तर्फ उम्मेदवार तोके पनि उम्मेदवारी दिएको थिएन ।
१९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ, जसमध्ये प्रदेश २ बाट महिला र अन्य समूहतर्फ सदस्य चयन हुनेछन् । मधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।
लोसपा र एमालेले गठबन्धन बनाएपनि सत्ता गठबन्धन नै बलियो रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here