रौतहट ।। गौर नगरपालिका र दुर्गा भगवती गा.पा.का दलित ,अपांग ,बिपन्न वर्ग , एकल महिला लगायत गरिब असहायहरुलाई न्यानो सिरक वितरण गरिएको छ । नेकपा एमालेका नेता तथा पुर्व संविधानासभा सदस्य बबन सिंहको प्रमुख अतिथीत्व नेकपा एमालेका युवा नेता अनिल कुमार मिश्रको विशिस्ट अतिथ्यमा SAPNA -social association of professional Nepal in america को सहयोग तथा तराई क्म्युनिटी डेभलपमेन्ट फाउन्डेसनको सहकार्यमा गौर नगरपालिकाको वार्ड न . ३, ५ र दुर्गा भगवती गा.पा. गरि ८० जना दलित ,अपांग ,बिपन्न वर्ग ,एकल महिला लगायत गरिब वर्गहरुमा सिरक वितरण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष श्यामसुन्दर पटेल, आसनारायण सिह, हिरा थापा, अतिथि अशोक श्रेष्ठ ,अर्जुन बस्नेत लगायतका उपस्थितिमा सिरक वितरण गरिएको आयोजक संस्थाका विमल मिश्राले जानकारी गएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












