काठमाडौँ ।। मतदाता नामावलीमा नाम दर्ता नभएकै कारण एक पटक पनि भोट नहालेका महिला नेपालमा दूई लाख भन्दा बढि रहेको निर्वाचन आयोगले जनाएको छ । नेपालको कुल योग्य मतदाताहरू मध्ये ५१ प्रतिशत महिला भएपनि नामावली दर्ता गराउनेहरूमा ५१ प्रतिशत भन्दा बढि पुरुष रहेका छन् । निर्वाचन आयोगका प्र्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी निर्वाचनमा महिला मतदाताको सङ्ख्या बढाउनेगरि काम गरिरहेको बताउनुभयो । स्थानीय तहसम्म नै सबै राजनीतिक दलहरूमा महिला सम्पर्क व्यक्ति तोकेर काम भइरहेको थपलियाले बताउनुभयो । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्छन् भने प्रचलित कानुनबमोजिम १८ वर्ष उमेर पूरा गरेका व्यक्तिले मतदान गर्न पाउँछन् । अहिले देशभर मतदाता नामावली संकलनको काम भईरहेको छ । त्यसमा सहभागी हुन निर्वाचन आयोगले सबैलाई आह्वान गरेको छ । दश वर्ष अघिको तथ्याङ्क अनुसार, १८ वर्ष नाघेका नेपालीको कुुल जनसङ्ख्या मध्य ५१ प्रतिशत हिस्सा महिलाको छ । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्याङ्कले पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या नै बढि रहेको देखाउँछ । तर मतदान गर्ने मतदाताहरू भने महिला भन्दा करिब २ लाखले पुरुष बढि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here