रौतहट ।। रौतहट प्रहरीले स्रोत नखुलेको रकम सहित एक जना भारतीय युवकलाइ पक्राउ गरेको छ !
स्थानीय बौधीमाइ नगरपालिका वडा नम्बर ७ बंकुलबाट खटी गएको प्रहरी चौकीको गस्ती टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपालमा लुकाएर ल्याउदै गरेको ३ लाख ६८ हजार ६०० रुपैया नेपाली नोट सहित भारत बिहार राज्य जिल्ला मोतिहारी थाना घोडासहन बस्ने चुनु प्रसाद जयसवालको छोरा अं. बर्ष १९ को यसराज जयसवाललाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ !
भारतबाट आउदै गरेको BR.05AN-6082 नं.को मोटर साइकललाई रोकी चेकजाँच गर्दा उक्त रकम फेला परेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ! प्रहरीले गएको पुष १ गते देखि माघ ३ गते सम्म २३ लाख ३८ हजार १०० रुपैया बरामद गर्नुको साथै ३ जना जैसवाल समुदायका युवक तथा १ जना पासवान समुदायका भारतीय युवकलाइ पक्राउ गरि सकेका छन् ! ६९ हजार ५०० नक्कली नोट रहेको छ ! पक्राउ पर्ने युवकहरु नेपाली सिमा सित जोडिएका भारतीय जिल्लाका नै रहेकोले अवैध रकमको कार्य गर्ने गिरोह बढी सक्रिय रहेको सहज रुपमा अनुमान गर्न सकिन्छ !
मंगलवार पक्राउ परेका जैसवाललाइ आवश्यक कानुनी कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालय मा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here