काठमाडाैं ।। निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रयोग हुने मतपत्र आजबाट सम्बन्धित केन्द्रमा पठाउँदैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको र आजबाट सम्बन्धित मतदात केन्द्रमा पठाइने बताउनुभयो । निर्वाचनमा हरियो र रातो रङ्गको मतपत्र प्रयोग हुने उहाँले बताउनुभयो । प्रदेश १ मा भने तीन क्लस्टरको निर्वाचन हुने भएकाले मतपत्र पनि तीन क्लस्टर र दुई–दुई ओटा रङ्गको गरी ६ प्रकारका मतपत्र छापिएको उहाँले बताउनुभयो । मधेश प्र्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरश्चिम प्रदेशमा पनि त्यहि अनुसार मतपत्र तयार गरिएको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा कूल २ हजार २५ मतदाता छन् । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसक्ने आयोगले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here