रौतहट ।। बढ्दो आधुनिकरण तथा विद्युतीय उपकरणको प्रयोगले बालबालीकाको आखाँको दृष्टि दोश बढदै गएको नेपाल आखाँ तथा मावन उपाचर केन्द्र सिकदेव चौकका दृष्टी विशेषज्ञ लाल मोहमदले बताएका छन ।
रौतहटको यामुनामाई गापा. अन्तरगतको सिकदेव चौकमा रहेको हिमालयन पब्लिक स्कुलका वालबालीकाहरुलाई नेपाल आखाँ तथा मावन उपाचर केन्द्र सिकदेव चौकको सहयोग तथा आयोजनामा उक्त विद्यालयका बालबालिकाहरुको निशुल्क भिजन स्क्रिनिङ शिविर संचालन गरेको छ ।
भिजन स्क्रिनिङ शिविरमा करिव २ सय ४५ जना बालबालिकाहरुको स्क्रिनिङ गरिएको थियो जस्मा ४५ जनामा दृष्टि दोश, ३ जनामा भेंगापन र अल्छी आखाँ, १ जनामा आँख हल्ने रोग र एक जनामा मोतियाबिन्द फेला परेको दृष्टी विशेषज्ञ लाल मोहमदले जानकारी गराए ।
बढ्दो आधुनिकरण तथा विद्युतीय उपकरणको प्रयोग बालबालीकाहरुलाई सकेसम्म टाढा राख्नु पर्ने, आखाँलाई शक्तिशाली आँखाका लागि हरियो सागपात, माछा –टुना÷साल्मन), भिटामिन सी (सुन्तला र कागती), भिटामिन ई, सी तथा एले भरिपूर्ण खानेकुराहरु जस्तै दूध, चीज, गाजर, पालक, मेवा आदिको सेवन नियमित गर्न गराउनु पर्ने दृष्टी विशेषज्ञ लाल मोह्दमको सल्लाह रहेको छ । मोह्दमले, समय समयमा आखाको हेरचाह गर्नु संगै चोटपटक बाट समेत जोगिन आग्रह गरे ।
शिविर विद्यालयका प्रधानाध्यापक हरिन्द्र राय यादवको अध्यक्षतामा भएको थियो भन्ने नेतृ सहायक विवेक यादवले स्क्रिनिङ गरेको थिए ।





